Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको कामु सीईओमा तुल्सीराम पोखरेल नियुक्त

अर्थ सरोकार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कामु सीईओमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । बैंकको तत्कालीन कामु सीईओ रविना देशराज श्रेष्ठले बैंकबाट स्वेच्छिक अवकास लिएपछि बैंकको सञ्चालक समितिले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो ।

पोखरेल मेगा बैंकको स्थापना गर्दाको १४ जना संस्थापकमध्ये एक हुन् । नेपाली बैंकिङ क्षेत्रमा २७ वर्ष योगदान दिईसकेका पोखरेल यसअघि मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायम महाप्रबन्धक हुँदै कामु सीईओ बनेका हुन् ।

करिब तीन दशक अघि नगदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा बैंकिङ करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बनेका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK