काठमाडौं । आजबाट काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण कार्य सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरणको सुरुवात गरेका छन् ।
खानेपानी वितरण कार्यको उद्घाटन गर्दै मन्त्री चौधरीले शुक्रबारदेखि पुनः काठमाडौंमा मेलम्चीको खानेपानी वितरण सुरु भएको घोषणा गरेका छन् । ‘खानेपानी वितरण सुरु गरेसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको संकल्प पुरा भएको छ’, मन्त्री चौधरीले भने, ‘वर्षायाममा आएको विशाल बाढीले पूर्ण रुपमा क्षति गरेको मेलम्चीलाई पुनः काठमाडौंबासीमाझमा ल्याएको छु ।’
शुक्रबारदेखि सुरु भएको पानी वितरणको कार्य आगामी ६ महिनासम्म लगातार जारी रहने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताएका छन् ।
अम्बाथानबाट २६ किलोमिटर सुरुङ हुँदै मेलम्चीको पानी सुन्दरीजनमा आइपुग्छ । यसरी सुन्दरीजलमा पुगेको पानी शुद्धिकरण गरी काठमाडौंको घरघरमा वितरण गरिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । ‘अब लगातार काठमाडौंका घरघरमा खानेपानी वितरण हुन्छ’, उनले भने, ‘आजदेखि दैनिक १७ करोड ५० लिटर पानी सुरुङमा हालिनेछ ।’ शुक्रबार एक समारोहकाबीच मेलम्ची खानेपानी पुनः वितरण शुभारम्भ गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्