×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशबाट मोबाइल ल्याउँदा नयाँ नियमः पहिलो फोनमा छुट, दोस्रोमा शुल्क लाग्ने, तेस्रो ल्याए जफत !

PRIME CA
GLOBAL IME BANK

विदेशबाट मोबाइल ल्याउँदा नयाँ नियमः पहिलो फोनमा छुट, दोस्रोमा शुल्क लाग्ने, तेस्रो ल्याए जफत !

१३ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट मोबाइल ल्याउँदा थप कडाई गरेको छ । योसँगै विदेशबाट व्यक्तिगत मोबाइल/फोन ल्याउँदा अब भन्सारबाट प्रज्ञापनपत्र अनिवार्य रुपमा लिनु पर्नेछ ।

आगामी पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रुपमा लागू गर्ने तयारीसँगै प्राधिकरणले एयरपोर्टबाट ल्याउने मोबाइलमा समेत कडाई गरेको हो । ‘अब आफुले चलाउने बाहेक आफ्नो साथमा ल्याउने मोबाइको समेत भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्छ’, प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने, ‘यसो नगरे मोबाइलमा सिम प्रयोग भएको १५ दिनपछि त्यसबाट फोन/म्यासेज केही पनि गर्न मिल्दैन ।’

प्राधिकरणका अनुसार विमानस्थल भन्सार कार्यालयहरुले हालसम्म विदेशबाट फर्किनेले प्रयोग गरिरहेको बाहेक अतिरिक्त एउटा फोन सजिलै ल्याउन दिईरहेका छन् । तर, पुस १५ गतेदेखि विदेशबाट फर्किने यात्रुले विमानस्थलको भन्सार बिन्दुमा प्रयोग गरिरहेको मोबाइल ‘स्वप्रयोग’को लागि हो भन्ने घोषणा गरेप्रश्चात त्यसमा कुनै शुल्क नलिई प्रज्ञापन पत्र दिइनेछ ।

यात्रुले आफुले चलाउने बाहेक ल्याएको अतिरिक्त एउटा फोन भन्सार घोषणा गर्दा वा प्रत्रापनपत्र लिँदा किनेको बिल देखाएर तोकिएको दरमा भन्सार शुल्क तिर्नुपर्छ । तर, तेस्रोसहित अन्य मोबाइलको हकमा भने सिधै जफत हुने प्रावधान रहेको विमानस्थलका भन्सार प्रमुख अरुण पोखरेलले बताएका छन् ।

यसरी विदेशबाट उपहारका लागि भन्दै मोबाइल/फोन ल्याउनेहरुले अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने भएको छ । जसमा स्मार्टफोनका लागि पाँच प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लाग्नेछ । योसँगै विदेशबाट मोबाइल ल्याउने सर्वसाधारणले थप सास्ती बेहोर्नुपर्ने देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: