काठमाडौं । अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अटोमोबाइलमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राख्दै नाडाले आन्दोलनको कार्यक्रमण घोषणा गरेको हो ।
सरकारले विगत ८ महिनादेखि अटोमोबाइलल्समा लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग सहित सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । ‘विगत ८ महिनादेखि सरकारले अन्य वस्तुसँगै अटोमोबाइल्समा पनि प्रतिबन्ध लगाएको छ’, उनले भने, ‘अब स्थिति बिग्रदो छ, अटोमोबाइल व्यापारीहरु व्यवसायबाटै विस्थापित हुने अवस्था आईसक्यो, सरकाले लगाएको प्रतिबन्ध अब खुकुलो पार्नुपर्छ ।’
आन्दोलनका कार्यक्रम अनुसार मंसिर २२ गते काठमाडौंको माइतीघर मण्डलामा ३ घण्टा धर्ना र सबै प्रदेशमा सोही दिन विरोध प्रदर्शन गरिनेछ । देशव्यापी रुपमा आयोजना गरिने सरकार र राष्ट्र बैंकविरुद्धको सो विरोध कार्यक्रममा साथ दिन सबै उद्यागी, व्यवसायीलाई समेत रिजालले आग्रह गरेका छन् ।
रिजालका अनुसार कार्यक्रमको सुरुवात आफूहरुको गाडी र शो रुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरु पोष्ट गरेर गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्