×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकार र राष्ट्र बैंकविरुद्ध सवारीसाधन व्यवसायीहरुको प्रदर्शन, माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा बिहिबार सवारीसाधन व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । सरकारले सवारीसाधनको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा अटो व्यवसायमा लागेको लगभग २०० जना भन्दा धेरै व्यवसायीहरुको सहभागिता रहेको थियो । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

धर्ना कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले सवारी आयात खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिनको व्यवस्था रहेकाले मार्जिन हटाउनुपर्ने बताएका छन् । उनले भने ‘गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायी मारमा परेका छन् । राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याइनुपर्दछ, ५० प्रतिशत फाइनान्सिङ मात्रै गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाइनुपर्छ ।’

अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाव मुलुक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरुका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । उनले नाडाले अटो व्यवसायीहरुको हकहितको लागि चरणवद्ध आन्दोलन गरेको  बताएका हुन् । उनले सरकारको अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुमहरुमा हुनुपर्ने व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था आएको बताए ।

राष्ट्र बैंकले बनाएका नीतिहरु व्यवसायीहरुले गरिखान दिन खालको नभएको भन्दै उनले बजारमा तरलता अभाव, ब्याजदर वृद्धि जस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको गुनासो गरे । ‘जसले कर तिर्छ, उसैलाई पेल्छ, बैंकले अपमान गर्छ, सरकार ब्याजदर कहिले घट्छ’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर व्यवसायी आन्दोलित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: