×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्को ब्याजदरको विरोध गर्दै धनगढीमा अटोमोबाइल व्यवसायीले गरे प्रदर्शन, भने -‘ब्याज तिर्न सक्दैनौँ’

PRIME CA

चर्को ब्याजदरको विरोध गर्दै धनगढीमा अटोमोबाइल व्यवसायीले गरे प्रदर्शन, भने -‘ब्याज तिर्न सक्दैनौँ’

४ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

धनगढी । नाडाको सुदूरपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले धनगढीमा विरोध प्रदर्शन गरेको छ । अटो व्यवसायीहरुले आइतबार मुख्यमन्त्री कार्यालय अघि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले मंसिर २२ गतेदेखि घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरेको सुदूरपश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यष पुष्कर ओझाले बताएका छन् ।

‘अटोमोबाइल व्यापारीहरुले गरेको देशव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत सुदूरपश्चिममा पनि प्रदर्शन गरिएको हो’, उनले भने, ‘सवारी साधनमा लगाएको प्रतिबन्ध सरकारले फुकुवा गरे पनि चर्को ब्याजदर नियन्त्रणतर्फ ध्यान नदिँदा अटोमोबाइल व्यवसायीको समस्या जिउँको तिउँ नै छन् ।’ शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरुले ‘ब्याजदर नियन्त्रण गर’ लगायतका ब्यानर तथा पर्चा-पम्प्लेटसहित विरोधमा उत्रिएका थिए ।

नेपालको अटोमोवाइल व्यवसाय लगाएत देशको समग्र उद्योग व्यावसाय नै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएकोले हालको व्याज तथा प्रिमियम दरलाई तत्काल नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने, जस्ता माग राख्दै धर्ना कार्यक्रम सम्पन्न भएको थियो ।

सो एशोसिएशनले  नेपाल राष्ट्र बैंकका निर्देशक मार्फत नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र समेत बुझाएको छ । नाडाले आफना ७ वटै प्रदेश एशोसिएशनहरु मार्फत प्रथम चरणको आन्दोलन सम्पन्न गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: