×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा नक्कली नोट छ्याप्छ्याप्ती : कैलालीमा लाखको बिटोसहित ५ जना पक्राउ, कसरी चिन्ने नक्कली नोट ?

अर्थ सरोकार

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार

PRIME CA

बजारमा नक्कली नोट छ्याप्छ्याप्ती : कैलालीमा लाखको बिटोसहित ५ जना पक्राउ, कसरी चिन्ने नक्कली नोट ?

कैलाली । कैलालीमा नेपाली नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-४ बसपार्क र वडा नम्बर १३ को राजपुरबाट नेपाली १ लाख ४२ हजार नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

धनगढीको चौराहमा नक्कली नोटको कारोबार भएको भन्ने सूचनाका आधारमा खोज्दै जाँदा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताएका छन् । ‘चौराहमा रहेको फलफुल पसलेलाई नक्कली नोट दिन खोजेको भन्ने सूचना आएको थियो’, त्यसैका आधारमा अनुसन्धान गर्दा चुरे गाउँपालिका-६ का ५५ वर्षीय लालबहादुर साउँद पक्राउ परेका हुन् ।’

डिएसपी जोशीका अनुसार अनुसन्धानका क्रममा एक हजार दरका १३८ नोटसहित अन्य चार जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजपुरस्थित एसएस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका ६ का ३३ वर्षीय लिलाधर मिश्र, डोटीको शिखर नगरपालिका १० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका १ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।

‘पक्राउ परेका धामीको कोठा खानतलासी गर्दा पलङको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो देखिने करिब साढे पाँच किलो अस्थीपंजर (हड्डी) र प्रतिबन्धित जडिबुटी पनि फेला परेको छ’, डिएसपी जोशीले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: