×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेशलन लाईफको ३४औँ साधारणसभाले पारित गर्यो १५ प्रतिशत लाभांश दिने प्रस्ताव, अरु के-के भयो ?

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार कम्पनीको केन्द्रिय कार्यालयमा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७ ७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.७८९ प्रतिशत नगद लाभांश पनि सभाले अनुमोदन गरेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरको थियो । त्यसैले मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७ ७८ को लागि लेखापरिक्षक नियुक्त गर्दै पारिश्रमिक समेत पारित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: