Skip to content
LAXMI SUNRISE BANK

१३ करोड रुपैयाँ खर्चेर एनसीसीले बिदा गर्यो १३ कर्मचारी, ३ डेपुटी सिइओले पनि छोडे बैंक !

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १३ जना कर्मचारीलाई बिदा गरेको छ । बैंकले तीन जना डेपुटी सिइओ, एक जना डिजिएम र चार जना सिनियर म्यानेजरसहित एक दर्जन कर्मचारीलाई स्वैच्छिक अवकाश दिएको हो ।

बैंकबाट स्वैच्छिक अवकास पाउने डेपुटी सिईओमा बन्दना पाठक, रेवन्त कुमार दाहाल र सन्दीप प्रसाद पाण्डे रहेका छन् । त्यस्तै, डिजिएम विनोद कुमार शर्मा, सिनियर म्यानेजर नगेन्द्र प्रसाद बिमली, उरेशमान कायस्थ, विनय प्रसाद अधिकारी, सरिना पाण्डे, अस्मिता श्रेष्ठलाई अवकाश दिएको हो । एनसीसी बैंकबाट अवकाश पाउनेमा डेपुटी म्यानेजर मीनराज जङ्ग शाह, अनिल पराजुली, प्रितम कुमार दास श्रेष्ठ र सहायक म्यानेजर दुर्गा प्रसाद पाण्डे रहेका छन् ।

स्रोतका अनुसार बैंकले १३ जना कर्मचारीलाई ३६ महिनाको सुविधा सहित बिदा गरेको हो । ‘बैंकले सिनियर कर्मचारीको बिदाईमा १३ करोड खर्च गरेको छ’, स्रोतले भन्यो, ‘मर्जरमा जाँदा कर्मचारी समायोजन तथा व्यवस्थापन गर्नुपर्ने हुँदा मर्जर अघि नै बैंकले कर्मचारीलाई स्वैच्छिक अवकाश दिएको हो ।’ स्रोतका अनुसार बैंकले थप गाडी सुविधासहित बैंकमा लामो समयदेखि काम गरेका कर्मचारीलाई अवकाश दिएको हो ।

एनसीसी बैंक र कुमारी बैंकले मर्जरका लागि १ः१ स्वाप रेसियो कायम रहने गरी सम्झौता गरेका छन् । मर्जरपछि बैंकको नाम कुमारी नै रहनेछ । पुष मसान्तभित्रमा मर्जर प्रक्रिया टुंग्याउने दुवै बैंकको तयारी रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK