×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाभांश पारित गर्ने प्रस्तावसहित नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभा डाक्यो, कस्ता छन् प्रस्तुत हुने एजेण्डा ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । सभामा कम्पनीले गत वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

लाभांश पारित गर्ने प्रस्तावसँगै सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सभामा चालु आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि प्रस्ताव गरिनेछ ।

त्यस्तै, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने विशेष प्रस्ताव समेत सभामा पेश गरिने कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।

यसर्थ पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीको वार्षिक साधारण सभा पुस २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: