×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

Artha Sarokar

४ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र पुस ५ गते मंगलबार बोलकबोल गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको ४ वर्ष अवधिको उक्त ऋणपत्रको निष्काशन पुस ६ गते हुने भएको छ ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, यसरी आर्जन गरिएको ब्याजमा ब्याजकर नलाग्ने सुचनामा उल्लेख गरिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा स्रोत व्यवस्थापन गर्न २ खर्ब ५६ अर्ब राष्ट्र ऋण उठाउने लक्ष्य लिएको छ ।

५ अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धी र ७५ करोड रुपैयाँ अप्रतिस्पर्धी रुपमा बोलकबोल हुने भएको छ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी