काठमाडौं । ग्राहकबाट नियमविपरित प्रिमियम असुलेको पाइएपछि नियामक नेपाल राष्ट्र बैंकले उर्दी जारी गर्यो, ‘अवैध असुली फिर्ता गर होइन भने वित्तीय विवरण स्वीकृत गर्दैनौँ ।’ राष्ट्र बैंकको यस्तो निर्देशनसँगै बैंकहरुले करिब साढे ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज फिर्ता गरेका छन् ।
राष्ट्र बैंक स्रोतका अनुसार २५ वटा वाणिज्य बैंकहरुले न्युनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुली गरेको पाइएको छ । ‘अवैध रुपम असुलेको रकम फिर्ता नगर्नेको वित्तीय विवरण फिर्ता नगर्ने सर्त राखेका थियौँ’, स्रोतले भन्यो, ‘हाल २५ वटा वाणिज्य बैंकहरुले नियम विपरित असुलेको प्रिमियम फिर्ता गरिसकेका छन् ।’
गत आर्थिक वर्षमा यसरी रकम असुलेका २५ वटा बैंकहरुलाई राष्ट्र बैंकले ब्याज फिर्ता गर्न निर्देशन दिएको थियो । रकम फिर्ता गर्ने सर्तमा वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिएको र अधिकांश बैंकहरुले उक्त रकम फिर्ता गर्ने अथवा असुल गर्नुपर्ने ब्याजमा मिलान गरिरहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
२५ वटा बैंकहरुले अवैध असुलेको ब्याज फिर्ता गरिसक्दा कृषि विकास बैंकले वित्तीय विवरण पेश नै गरेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्