×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त

Artha Sarokar

१ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । एक सूचना जारी गर्दै कम्पनीले अर्थ मन्त्रालय अन्तर्गत अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव अर्याललाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिएको छ ।

यसअघि मंसिर ११ गते रवीन्द्र घिमिरेले पदबाट राजिनामा दिएसँगै कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो । घिमिरेले कोरोना बीमाको भुक्तानी दिने विषयमा बीमा प्राधिकरण र पुनर्बीमा कम्पनीबीच चलिरहेको विवादकै समयमा राजिनामा दिएका थिए ।

प्राधिकरणले कोरोना बीमाको भुक्तानीका लागि पटक–पटक दबाब दिएपछि घिमिरेले पुनर्बीमा कम्पनीको अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी