काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको सञ्चालकदेखि कर्मचारीसम्मको सेयर रोक्का हुने नियम कार्यान्वयनमा ल्याएको छ । बुधबार एक सूचना जारी गर्दै नेप्सेले आफू बहाल रहेको कम्पनीको धितोपत्र खरिद/बिक्री, हस्तान्तरण वा लेनदेन गर्न नपाउने नियम कार्यान्वयनमा आएको जनाएको हो ।
नेप्सेका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) मा यस्तो प्रावधान रहेको छ । योसँगै अब संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परिक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यत्तिले पदमा रहुन्जेल वा अवकास पाएको एक वर्षसम्म आफ्नो कम्पनीको धितोपत्र व्यक्तिगत वा परिवारको सदस्यका नाममा रहेको भए पनि खरिद/बिक्री र हस्तान्तरण गर्न पाउने छैनन् ।
‘सूचीकृत कम्पनीहरुले उल्लेखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको सेयर सिडियस एण्ड क्लिरिङ्ग लिमिटेडमा तोकिएको समयावधिसम्म रोक्का राख्नुपर्नेछ ।’ -सूचनामा उल्लेख गरिएको छ ।
नेप्सेका अनुसार सूचना जारी भएको १५ दिनभित्रमा यो प्रावधान कार्यान्वयनमा ल्याईसक्नुपर्नेछ । नयाँ पदाधिकारीको हकमा भने सेयर रोक्का गरेर मात्रै जिम्मेवारी दिनुपर्ने नेप्सेले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ । यस्तो छ नेप्सेले जारी गरेको सूचनाः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्