×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्षमायाचना मागेपछि सामलिङ पावरको सेयर कारोबार फुकुवा, नेप्सेले भन्यो – ‘अब उप्रान्त यस्तो नगर्नू’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

क्षमायाचना मागेपछि सामलिङ पावरको सेयर कारोबार फुकुवा, नेप्सेले भन्यो – ‘अब उप्रान्त यस्तो नगर्नू’

Artha Sarokar

१ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले कम्पनीको सेयर कारोबार आइतबारदेखि पुनः सुरु हुने जनाएको छ ।

यसअघि धितोपत्र मूल्य सम्बन्धी संवेदनशील निर्णयको सूचना समयमा जानकारी नगराएको भन्दै नेप्सेले सामलिङ पावर कम्पनीको सेयर कारोबार मंसिर २५ गते रोक्का गरेको थियो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले कम्पनीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको थियो ।

कम्पनीको स्पष्टिकरणपछि नेप्सेले सचेत गराउँदै सेयर फुकुवा गरेको जानकारी दिएको छ । ‘कम्पनीका सञ्चालकबाट धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै दुराशाय नभएको र सदाशयमा कार्य गर्दा गर्दै प्राविधिक रुपमा मानविय त्रृटिले फरक अवस्था सृजना हुन गएको मात्र हो र अव उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचकिरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालन गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेकोले कम्पनीको धितोपत्र कारोबार फुकुवा गरिएको छ ।’ -नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी