काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ । बुधबारदेखि लागु हुनेगरी नेप्सेले दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।
महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौतामा हस्तास्क्षर गरेपछि नेप्सेले प्रभुको सेयर कारोबार गत असार ३१ गतेबाट रोक्का गरेको थियो । तर, अहिले भने आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेका नेप्सेले जनाएको छ ।
त्यस्तै, दोस्रो बजारमा प्रत्यक्ष प्रभाव पार्ने लभांश सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले सेन्ट्रल फाइनान्सको सेयर कारोबार पुस ६ गतेदेखि रोक्का गरेको थियो । कानुन विपरित काम गरेको भन्दै नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ आएसँगै नेप्सेले सचेत गराउँदै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्