×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०२३ चुम्दै २०२९ पुगेर बन्द भयो वर्ष २०२२ को बजार, विगत ५ वर्षमा वर्षान्तको बजार कस्तो थियो ?

PRIME CA

२०२३ चुम्दै २०२९ पुगेर बन्द भयो वर्ष २०२२ को बजार, विगत ५ वर्षमा वर्षान्तको बजार कस्तो थियो ?

१५ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२२ को अन्तिम कारोबार दिन सेयर बजारमा आकर्षक उछाल आयो । बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढ्दै २०२९.०३ बिन्दुमा पुगेर बन्द भयो । अर्थात, सेयर बजारले अंग्रजी नयाँ वर्ष २०२३ लाई ग्रिन सिग्नलसहित स्वागत गर्यो ।

वर्षकै अन्तिम कारोबार दिन सेयर बजारले सकारात्मक इन्डिङ्ग गरेपछि सन् २०२३ सेयर बजारका लागि सकारात्मक नै रहने धेरेको अपेक्षा छ ।

यसो त गत भदौ ११ गते दुई हजार बिन्दुबाट तल ओर्लिएको नेप्सेले पुस १४ (बिहीबार) गते झण्डै चार महिनापछि २ हजार बिन्दु पार गरेको थियो । बिहीबार नेप्से परिसूचकमात्रै बढेन, बरु उपसूचकहरुमा पनि आकर्षक वृद्धि हुँदा बजारमा झण्डै ३ अर्ब बराबरको कारोबार भयो । धेरैले यसलाई आगामी बुलको संकेतका रुपमा पनि विश्लेषण गर्न थालेका छन् ।

कस्तो थियो विगत ५ वर्षमा वर्षान्तरको बजार ?
अंग्रेजी नयाँ वर्षलाई ग्रिन सिग्नलसहित सेयर बजारले स्वागत गरेपछि लगानीकर्तामा थप उत्साह देखिएको छ । कतिपयले यसलाई सेयरबजारमा आएको सामान्य बढोत्तरीका रुपमा लिएका छन् भने एकाथरीले आगामी बुलको संकेतका रुपमा विश्लेषण गरेका छन् । जे होस्, वर्षको अन्तिम कारोबार दिन बढेको सेयर बजारले लगानीकर्तामा उर्जा थपेको छ ।

यसअघि सन् २०२१ मा वर्षकै कारोबारको अन्तिम दिन नेप्से २५२४.५० बिन्दुमा पुगेको थियो । सन् २०२१ लाई स्वागत गर्दै सन् २०२० मा कारोबारको अन्तिम दिन नेप्से २०८७.२७ बिन्दुमा पुगेर बन्द भएको थियो ।

त्यस्तै, २०१९ को अन्तिम दिन ११६६.०३ बिन्दुमा पुगेको नेप्से २०१८ मा कारोबारको अन्तिम दिन ११८८.१९ बिन्दुमा पुगेर बन्द भएको थियो । योसँगै सन् २०१८ लाई स्वागत गर्दै सन् २०१७ मा वर्षकै कारोबारको अन्तिम दिन नेप्से १३९०.५८ बिन्दुमा सिमित भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: