×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले ४४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

PRIME CA

एनएमबि बैंकले ४४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार

काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले मंसिर २६ गतेदेखि संस्थापक समुहको ४४ हजार ७ सय ६१ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो ।

लगानीकर्ताले १ सय ८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मुल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा बैंककै संस्थापक सेयरधनी,अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरमा पुस ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सो सेयरमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने भएको छ । लगानीकर्ताले न्यनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: