×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २ अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार २ अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

Artha Sarokar

२७ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगरबार राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले २८ मंसिरमा निष्कासन गर्न लागेको यस ऋणपत्रको बोलकबोल २७ मंसिर २ बजेसम्म हुनेछ ।

विकास ऋणपत्र ‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ३ वर्षको रहने राष्ट्र बैंकले जनाएको छ । अर्थात, २०७९ मंसिर २८ गते जारी गरिने उक्त ऋणपत्र २०८२ मंसिर २८ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले बिक्री गर्न लागेको विकास ऋणपत्र ‘छ’ सर्वसाधारण नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो ।

प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात १ अर्ब ७ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत दोस्रो बजारमा पनि ऋणपत्र कारोबार हुन सक्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी