×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले तोकेको नयाँ स्प्रेड दर चैतदेखिमात्रै लागु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकले तोकेको नयाँ स्प्रेड दर चैतदेखिमात्रै लागु हुने

Artha Sarokar

२९ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको नयाँ स्प्रेड दर आगामी चैतदेखिमात्रै लागु हुने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै तोकिएको नयाँ स्प्रेड दर चैतदेखि लागु गर्ने जनाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आगामी चैत्र महिनाबाट औसत ब्याजदर अन्तर ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गर्नुपर्नेछ । ‘सो अन्तर २०८० असार महिनाबाट ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा ४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.६ प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्नुपर्नेछ ।’ -राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।

हाल ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा ४.४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ५ प्रतिशत स्प्रेडदर कायम रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी