×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आपराधिक पृष्ठभूमि भएकालाई सीईओ नबनाउनु’- राष्ट्र बैंक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘आपराधिक पृष्ठभूमि भएकालाई सीईओ नबनाउनु’- राष्ट्र बैंक

Artha Sarokar

१ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी (सीईओ) आपराधिक पृष्ठभूमि नभएको व्यक्ति हुनपर्ने व्यवस्था गरेको छ । बिहीबार एकीकृत निर्देशन २०७८ को संशोधन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको सञ्चालक वा सीईओ हुने व्यक्ति आपरिधक पृष्ठभूमिको देखिएमा त्यस्ता व्यक्ति सीईओ हुनका लागि सजाय भुक्तान गरेको ५ वर्ष पुरा भएको हुनेपर्नेछ ।

‘प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइसकेको हुनुपर्नेछ ।’ –राष्ट्र बैंकको निर्देशनमा उल्लेख गरिएको छ । यो सँगै सीईओ टाँट नपल्टेको, भ्रष्टाचार, बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको हुनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी