×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा प्रवाह गर्दै, बिहीबार बोलकबोल हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा प्रवाह गर्दै, बिहीबार बोलकबोल हुने

Artha Sarokar

१४ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीमा ५० अर्ब तरलता पठाउने भएको छ । राष्ट्र बैंकले साधारण प्रकृतिको रिपोमार्फत ४५ दिनमा परिपक्व हुनेगरी उक्त तरलता पठाउन लागेको हो ।

उक्त रिपो राष्ट्र बैंकले बिहीबार अपराह्न २ बजे बोलकबोल गर्नेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएकाले अल्पकालीन अवधिको तरलता प्रवाह गर्नेगरी रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

पुसमा आयकरको पहिलो किस्ता भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने भएकाले राष्ट्र बैंकले तरलता पठाउन लागेको हो । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी