×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ठग’ आयल निगमः १०० रुपैयाँ घटिसक्यो पेट्रोलको खरिदमूल्य, घटाउँदैन बिक्रीमूल्य ! अझ भन्छ – ‘उपभोक्ताले सघाउनुपर्यो’

PRIME CA
GLOBAL IME BANK

‘ठग’ आयल निगमः १०० रुपैयाँ घटिसक्यो पेट्रोलको खरिदमूल्य, घटाउँदैन बिक्रीमूल्य ! अझ भन्छ – ‘उपभोक्ताले सघाउनुपर्यो’

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंसिर १५ गते भारतीय आयल कर्पोरेसन (आईओसीले) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो । जसअनुसार नेपाललाई पेट्रोलको खरिदमूल्य ८९ रुपैयाँ ७१ पैसा पर्छ । तर, नेपाल आयल निगमले हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ कायम गरेको छ । अर्थात आयल निगमले खरिदमूल्यभन्दा ९१ रुपैयाँ २९ पैसा बढीमा पेट्रोल बिक्री गरिरहेको छ ।

यसो त नेपाल आयल निगमले पेट्रोलमा मात्र होइन डिजेल र हवाई इन्धनको मूल्यमा पनि अस्वभाविक वृद्धि गरेको देखिन्छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमले डिजेल प्रतिलिटर १ सय १९ रुपैयाँ र हवाई इन्धन १ सय १२ रुपैयाँ ९७ पैसामा खरिद गर्छ । तर, नेपालमा भने निगमले डिजेल प्रतिलिटर १७८ र हवाई इन्धन १९० रुपैयाँ कायम गरेको छ ।

पछिल्लो पाँच महिनायता इन्धनकाके मूल्य निरन्तर ओरालो लागिरहेको भए पनि नेपाल आयल निगमले भने मूल्य समायोजनका छाँटकाँटसमेत देखाएको छैन । बितेको २ महिनादेखि नाफामा देखिएको निगमले सञ्चित नोक्सानी र बक्यौता ऋण २७ अर्ब रहेको कारण देखाउँदै उपभोक्ता मूल्य घटाएको छैन ।

‘उपभोक्ता यो भन्दा पनि ठूलो मूल्यवृद्धिबाट जोगिएका छन्’, निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘अहिले निगमको तिर्नुपर्ने बक्यौता धेरै छ । तिर्न बाँकी रहेको बक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्छ ।’ प्रवक्ता उपाध्यायका अनुसार अहिले नेपाल आयल निगम सञ्चित नोक्सानी र ऋणका कारण ठूलो संकटमा परेको छ । तत्कालै नेपालमा इन्धनको मूल्य नघट्ने समेत उपाध्यायले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: