काठमाडौं । नेपाल उद्योग परिसंघको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेट्दै आफ्ना अपेक्षा र सुझाव राखेको छ ।मन्त्री पौडेललाई भेटेर परिसंघले उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएकोले ब्याज २ प्रतिशतले घटाउन र चालु पूँजी २ बर्षसम्म रोक्न सुझाव दिएको हो।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले व्यवसायीको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रति महिना ब्याजदर घटाउएको खण्डमा र चालु पूँजी कर्जा निर्देशिका पुराना ग्राहकहरुका लागि २ वर्षसम्म स्थगित गर्न सके आधाजस्तो समस्याको समाधान हुने बताएका थिए।
अर्थमन्त्रीसँगको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजश्व सचिव रामेश्वर दंगाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी थिए भने परिसंघका तर्फबाट पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, रोहित गुप्ता लगायत उपस्थित थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्