×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुसदेखि ब्याजदर राम्रैसँग घट्नेवाला छ : परशुराम कुँवर क्षेत्री

PRIME CA

पुसदेखि ब्याजदर राम्रैसँग घट्नेवाला छ : परशुराम कुँवर क्षेत्री

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

तरलताका सम्बन्धमा केही मिडियाहरुले र जानकारहरुले नै बैंकहरुमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा गलत सूचना प्रवाह गरिएको छ । बैंकहरुमा कर्जा योग्य तरलताको समस्या थियो तर अहिले राष्ट्र बैकको ताजा तथ्यांकहरुले त्यस्तो तरलताको समस्या नभयको देखाँउछ । २०७९ मंसिर २२ को राष्ट्र बैकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको (यसपछि बैंकहरु भनिएको) कर्जा निक्षेप अनुपात ८६.४१% छ । यसको आधारमा र बैंकहरुले ९०% को कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भयकोले बैंकहरुले थप करिब १९८ अर्ब रुपैयाँ कर्जा दिन सक्ने देखिन्छ ।
गत आवको पछिल्लो ६ महिनामा बैकहरुको कर्जा वृद्धि ३३ अर्ब रुपैयाँले मात्र बढेको र चालु आर्थिक वर्षको मंसिर २२ सम्म ४६ अर्ब रुपैयाँ (झण्डै ११ महिनामा कर्जा वृद्धि ७९ अर्ब रुपैयाँ) मात्र भयको सन्दर्भमा  माथि उल्लेख भयको बैकहरुको थप कर्जा दिन सकिने क्षमता रकम १९८ अर्ब रुपैयाँ उल्लेखनीय हो ।
अहिले राष्ट्र बैंकले पुरानो पुनरकर्जाको भुक्तानी अवधी पछि नयाँ पुनरकर्जा प्रदान गरेको छैन । २०७९ कात्तिकमा पुनरकर्जा वक्यौता करिब १०५ अर्ब रुपैयाँ भयकोमा अहिले ८० अर्ब रुपैयाँको हाराहारीमा वक्यौता रहेको देखिन्छ यस मध्ये करीब ७०-७५% पुनरकर्जाको म्याद आगामी पुस ५ र ६ गते सकिेने बुझिएको छ ।
२०७९ पुस मसान्तपछि स्थानीय निकायहरुको रकम ८०% को सट्टा ५०% मात्र बैंकहरुको निक्षेपमा गणना गर्न पाउने भयकोले यसको असर ३१–३२ अर्ब रुपैयाँको पर्नेछ । हालको पुनरकर्जा वक्यौता र स्थानीय निकायहरुको निक्षेपको असर समावेश नगर्दा पनि बैकहरुको थप कर्जा दिने क्षमता रु ८६ अर्ब हुने देखिन्छ । २०७९ साउनमा बैंकहरुको निक्षेप १२३ अर्ब रुपैयाँले घटेको थियो भने कर्जा ९ अर्ब रुपैयाँले बढेको थियो ।
त्यसपछि हरेक महिनामा कर्जा भन्दा बढी निक्षेप बढेको छ । चालु महिनामा पनि मंसिर २२ गते सम्म निक्षेप ३० अर्ब रुपैयाँले बढ्दा कर्जा २ अर्ब रुपैयाँले मात्र बढेको छ । चालु आर्थिक वर्षको झण्डै ५ महिनामा मंसिर २२ गतेसम्म कर्जा ४६ अर्ब रुपैयाँले बढेको छ ।
यता, निक्षेप ५५ अर्ब रुपैयाँले बढेको छ । अहिले बैंकहरुसँग रहेको कर्जा योग्य तरलता र विगत ४ महिनामा कर्जाको तुलनामा निक्षेप उल्लेख्य रुपमा बढेको (निक्षेप वृद्धिः १७८ अर्ब रुपैयाँ र कर्जा वृद्धिः ३७ अर्ब रुपैयाँ) परिदृश्यमा बंैकहरुको कर्जा योग्य तरलता सुविधाजनक रहने देखिन्छ । माथिका तथ्यांकहरुले अहिले बैंकहरुमा कर्जा योग्य तरलता अभावको समस्या भन्दा पनि उच्च ब्याजदरको समस्या रहेको देखिन्छ ।
बैंकहरुले आफूसँग रहेको सरकारी सुरक्षणपत्र धितो राखि राष्ट्र बैंकबाट लिने रिपो+एसएलएफ रकÞमको वक्यौता रकम क्रमश घट्दै २०७९ मंसिर २५ गतेमा २६.०१ अर्ब रुपैयाँमा घटेको छ । यस मध्ये बैकहरुले २०७९ मंसिर १५ गते लियको रिपो २० अर्ब रुपैयाँ मंसिर २९ गते चुक्ता भुक्तानी हुनेछ । बैंकहरुले २०७९ असार ९ गते राष्ट्र बैकबाट लियको रिपो+एसएलएफको वक्यौता रकÞम २४७.१८ अर्ब रुपैयाँ थियो । यो रकम अहिले सम्मकै उच्च वक्यौता रकम हो ।
चालु आवको सुरुदेखि नै अन्तरबैक व्याजदर वार्षिक ८.५% को हाराहारीमा भएकोमा केही दिनदेखि मुद्रा बजारमा ब्याजदर घट्दै गयको छ । आज २०७९ मंसिर २५ गते अन्तर बैंक कारोबार वार्षिक ६.५% को हाराहारीमा भयको वुझिएको छ । अहिले करीब १२-१३ वाणिज्य बैंकहरु अन्तर बैंक बजारमा सापटी दिन सक्ने अवस्थामा रहेको वुझिएको छ । यस्तो परिस्थितिले आगामी दिनमा (२०७९ मंसिर २६ कै ट्रेजरी विल्सको वोलकवोलमा समेत) सरकारी सुरक्षणपत्रमा समेत व्याजदरमा कमी आउन सक्ने संभावनालाई नकार्न सकिदैन ।
बैंकहरुको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च व्याजदर आदीका कारणले कर्जाको मागमा कमी, बैंकहरुले राष्ट्र बैंकबाट लिने रिपो+एसएलएफमा उल्लेख्य गिरावट, अन्तर बैंक ब्याजदरमा उल्लेख्य गिरावट आदीका कारणले आगामी २०७९ पुस १ गतेबाट लागु हुने गरि निक्षेपको ब्याजदर राम्रै घट्ने देखिन्छ । वार्षिक १२.१३३% मा निक्षेप लिएर अन्तरबैक बजारमा वार्षिक ६.५% को हाराहारीमा सापटी दिनुको कुनै अर्थ राख्दैन ।
(सामाजिक सञ्जालबाट)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: