काठमाडौँ । भ्रष्टाचार सम्बन्धि आयोग नै बनाउने लोभ देखाएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकोसमेत समर्थन लिन सफल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै भ्रष्टाचारको अभियोग लागेका व्यक्तिसहितको टोली भेटेका छन् ।
हुन त प्रधानमन्त्रीलाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु प्रधानमन्त्रीकहाँ पुगेका हुन् । तर खानीको गैरकानुनी दोहन गरेर अख्तियारले भ्रष्टाचार मुद्धा चलाएका व्यवसायी पशुपति मुरारका पनि सोहि टोलीमा पुगेपछि सो भेटघाट विवादमा तानिएको हो ।
यो भेटघाटलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्रसमेत असन्तुष्टी देखिएको छ । ‘प्रधानमन्त्रीलाई उद्योग बाणिज्य महासंघले भेट्नु ठुलो कुरा होइन । तर हाम्रो पार्टी भ्रष्टाचार विरुद्धको आयोग गठनको सहमतिपछी सरकारमा जान तयार भएको हो । प्रधानमन्त्रीज्युले भ्रष्टाचारका अभियुक्तलाई नै भेट्नु राम्रो देखिएन ।’रास्वपाका एक नेताले अर्थ सरोकारसँग भने, ‘मिडियामा नबोल्नु भन्ने उर्दी पार्टीबाट छ । तर जे भयो गल्ती भयो । नामचाहिं नालेखिदिनू, कुराचाहिं राखिदिनू ।’
सो भेटघाटमा उद्योग बाणिज्य महासंघका प्रतिनिधिहरुले आफ्ना समस्याहरु प्रधानमन्त्रीसमक्ष राखेका थिए । जवाफमा प्रधानमन्त्रीले पनि निजी क्षेत्रसँग मिलेर जान सरकार सधैं तयार रहेको बताएका थिए । यद्यपी मुरारकालाई देखेपछि प्रचण्ड स्वयमले समेत अफ्ट्यारो मानेको भेटका एक सहभागीले जानकारी दिए ।
यद्यपी मुरारकाले भने आफुलाई यस विषयमा कुनै पनि कुरा थाहा नभएको टिप्पणी गरे । ‘तपाईंको भेटलाई लिएर अन्य दलले असन्तुष्टी पोखेको र प्रचण्ड स्वयमले अफ्ट्यारो मानेको भन्ने सुनियो, के हो कुरा ?’ हाम्रो प्रश्नमा मुरारकाले भने- ‘तपाईंले के सुन्नुभयो, त्यो त मलाई थाहा भएन, तर प्रचण्डसँग धेरै कुरा भएन । हामीले हाम्रो अर्थतन्त्रको समस्याबारे आफ्नो कुरा राख्यौं ।’
मुरारकासहितका विभिन्न व्यवसायीहरुले प्रचलित नियमविपरित खानी उत्खनन् गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको छ । अहिले यो मुद्धा अदालतमा विचाराधीन छ । अदालतमा भ्रष्टाचार मुद्धा खेपीरहेकालाई प्रधानमन्त्रीले भेट्नुले रास्वपामाथि पनि नैतिक प्रश्न उठेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्