काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ, ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ ।
भारतबाट यसपटक पनि इन्धनको मूल्य घटेर आएकोले नेपालमा पनि आयल निगमले इन्धनको बिक्री मूल्य घटाउने तयारी थालेको छ । ‘आईओसीले यसपटक पनि इन्धनको मूल्य घटाएर पठाएको छ । अब भने नेपालमा पनि इन्धनको मूल्य घटाउने गरी आन्तरिक छलफल भइसकेको छ’, निगम स्रोतले भन्यो, ‘बोर्ड अध्यक्ष आउनेबित्तिकै बोर्डको बैठक बसेर समायोजन मूल्य सार्वजनिक हुन्छ ।’
अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सस्तिएको कारण भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर पठाएको हो ।
हाल नेपाल आयल निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । त्यस्तै, सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ रहेको आयल निगमले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्