×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गरे, १६९ सांसदको समर्थनमा मुलुकको ४४औँ प्रधानमन्त्री बन्दै

PRIME CA

सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष दाबी पेश गरे, १६९ सांसदको समर्थनमा मुलुकको ४४औँ प्रधानमन्त्री बन्दै

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री आलोपालोका लागि सहमति भएसँगै प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीले प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन दिएका हुन् । योसँगै प्रचण्ड ७ दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थनसहित मुलुकको ४४औँ प्रधानमन्त्री बन्ने भएका छन् ।

सत्ता गठबन्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि बालुवाटारबाट बिच्किएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ताका लागि बालकोट पुगेका प्रचण्डले ७ दल र ३ स्वतन्त्र सांसदको समर्थन पाएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: