×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड, आज शपथ ग्रहण गर्दै

PRIME CA
GLOBAL IME BANK

तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड, आज शपथ ग्रहण गर्दै

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार १६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

योसँगै प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार साँझ ४ बजे तय गरेको जानकारी दिएको छ ।

माओवादी सहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीले प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन दिएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: