×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनियताको शपथ

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनियताको शपथ

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि सपथ लिएका छन् । उपप्रधानमन्त्रीहरुमा एमाले अध्यक्ष विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछानेले शपथ लिएका हुन् । योसँगै पौडेलले अर्थमन्त्रालय, श्रेष्ठले भौतिक प्रर्वाधार र लामिछानेले गृह मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।

त्यस्तै, ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् । यद्यपी, उनीहरुको कार्यविभाजन भने तोकिएको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: