Skip to content
LAXMI SUNRISE BANK

मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको प्रस्ताव – ‘ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकमाथि हस्तक्षेप गरौँ’, प्रधानमन्त्रीले भने, ‘सोचेर निर्णय गरौँला’

अर्थ सरोकार

काठमाडौं । मन्त्रीपरिषदमा ब्याजदरमा सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले यस्तो प्रस्ताव गरेका हुन् ।

अहिलेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै उनीहरुले राष्ट्र बैंकमाथि हस्तक्षेप गरी ब्याजदर नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

राष्ट्र बैंकको नीतिका कारण व्यवसायी निकै ठुलो समस्यामा परेको भन्दै मन्त्रीहरुले यस्तो प्रस्ताव गरेको अर्थ मन्त्रालय स्रोतले बतायो। मन्त्रीहरुको प्रस्तावपछि प्रधानमन्त्री देउवाले यस विषयमा सोचौंला भन्ने जवाफ दिएको स्रोतको दाबी छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK