×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री बनेपछि रवि लामिछानेको पहिलो संकल्प- ‘निर्मला पन्तको न्यायका लागि पहल गर्छु, सिस्टम नमान्ने टार्गेटमा हुन्छन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गृहमन्त्री बनेपछि रवि लामिछानेको पहिलो संकल्प- ‘निर्मला पन्तको न्यायका लागि पहल गर्छु, सिस्टम नमान्ने टार्गेटमा हुन्छन्’

Artha Sarokar

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गृहमन्त्रीको पदभार ग्रहण गर्दै रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । पहिलो निर्णयका रुपमा ‘निर्मलाको न्याय’ रहेको भन्दै गृहमन्त्री रवि लामिछानेले वर्षौंदेखि नेपालको कानुनलाई जिस्क्याईरहेको ‘निर्मला पन्त हत्या प्रकरण’को टुँगो लगाउने प्रतिबद्धता गरेका हुन् ।

पदभार ग्रहण गर्दै लामिछानेले आगामी दिनमा गर्नुपर्ने कामको लिखित दस्तावेज भएकोले कार्य सम्पादनमा कतै पनि अलमल नहुने बताएका छन् । ‘हामीले गर्नुपर्ने कामको लिखित दस्तावेज छ’, उनले भने, ‘नातावाद–कृपावादको अन्त्य हुन्छ र जे हुन्छ सबै सिस्टममा हुन्छ ।’

त्यस्तै, गृहमन्त्री लामिछानेले सिस्टमभन्दा बाहिर बसेर काम गर्ने विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने समेत प्रतिबद्धता गरेका छन् । ‘यो पद र कुर्सीका लागि म भलै नयाँ हुँला तर यो सिस्टमसँग वर्षौंदेखि परिचित छु’, उनले भने, ‘यो कुर्सीमा नेपाली जनताको आशा र भरोसा जोडिएको छ, जुन कुनै पनि हालतमा मर्न दिन्न ।’

‘म सञ्चारकर्मी रहँदा सुशासनका सवालमा खह्रो रुपमा प्रस्तुत भएँ, जसको फलस्वरुप आज म यो स्थानमा छु’, गृहमन्त्री लामिछानेले भने, ‘त्यो स्वभाव अव यो कुर्सीमा रहँदा पनि लागू गर्नेछु ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी