×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको कामु सीईओबाट बाहिरिदै रविना देशराज श्रेष्ठले भनिन्- ‘बैंकिङ करियरबाट नै राजिनामा दिएकी हुँ’

PRIME CA

मेगा बैंकको कामु सीईओबाट बाहिरिदै रविना देशराज श्रेष्ठले भनिन्- ‘बैंकिङ करियरबाट नै राजिनामा दिएकी हुँ’

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली महिला बैंकरका रुपमा सार्है चर्चित बैंकर एवम् मेगा बैंककी तत्कालीन कामु सीईओ रविना देशराज श्रेष्ठले मेगा बैंक छोडेकी छिन् । ३२ वर्षे बैंकिङ क्षेत्रको अनुभव सँगालेकी श्रेष्ठले मेगा बैंकमा मात्रै १३ वर्ष काम गरेकी छिन् ।

मेगा बैंकको कामु सीईओबाट बाहिरिदै श्रेष्ठले आफ्नो बैंकिङ्ग करियरबाट नै राजीनामा दिएको बताएकी छिन् । उनको यो अभिव्यक्तिपछि नेपाली बैंकिङमा सक्रिय रहँदा उनले छोडेको सकारात्मक छाप र उनका केहि विवादहरुको समेत पुनः चर्चा हुन थालेको छ ।

बैंककी पूर्व सीईओ अनुपमा खुञ्जेलीको कार्यकाल सकिएसँगै श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । उनी नबिल बैंकबाट मेगा बैंक प्रवेश गरेकी थिइन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चतुर्थ)बाट समेत विभुषित भएकी थिइन् ।

तत्कालीन ग्रिण्डलेज बैंक (स्ट्यान्डर्ड चार्टर्ड)मा १३ वर्ष कार्य सम्पादन गरेकी श्रेष्ठे ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत ४ वटा अन्तराष्ट्रिय अवार्डसँगै बैंकिङ क्षेत्रमा थुप्रै अवार्डबाट पनि सम्माति भईसकेकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: