×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख

PRIME CA

रविन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख

२० मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले चुनावी खर्च साढे २४ लाख भएको जानकारी दिएका हुन् ।

मिश्रले चुनावका लागि कुल २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् । यसअघि २०७४ सालको निर्वाचनमा साढे २१ लाख खर्चेका मिश्रको चुनावी खर्च यसपाली २ लाखले बढेको हो । मिश्रले चुनावी खर्चका लागि सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल समेत गरेका थिए ।

सोही अनुसार जम्मा भएको कुल ३३ लाखमध्ये बाँकी रहेको ८ लाख रुपैयाँ काठमाडौं क्षेत्र नम्बर १ को सरोकार कोषमा राखिने उनले जानकारी दिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका मिश्रलाई नेपालि कांग्रेसका प्रकाशमान सिंहले झिनो मतान्तरले पराजित गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: