×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको समिक्षाका लागि भारतमा आरबिआईको बैठक सुरु, पाँचौं पटक ब्याजदर बढाउने तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मौद्रिक नीतिको समिक्षाका लागि भारतमा आरबिआईको बैठक सुरु, पाँचौं पटक ब्याजदर बढाउने तयारी

२० मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारत सरकारले पुनः ब्याजदर बढाउने तयारी गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई)ले मौद्रिक नीतिको समिक्षा गर्दै ब्याजदर थप बढाउने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रत्येक दुई महिनामा हुने मौद्रिक नीतिको समिक्षाका लागि भारतीय रिजर्भ बैंक(आरबिआइ)ले सोमबारदेखि बैठक सुरु गरेको छ । बैठक सकिए लगत्तै आरबिआईले ‘क्रेडिट पोलिसी’ घोषणा गर्नेछ । योसँगै आरबिआईले रिपो रेटमा वृद्धि गर्ने सम्भावना प्रवल देखिएको छ । हाल ५.९० प्रशितशत रहेको रिपो रेटमा यसपाली ०.३५ प्रतिशतले वृद्धि हुनसक्ने जानकारहरु बताउछन् ।

यसअघि गत अप्रिलमा आरबिआईले गरेको मौद्रिक नीतिको समिक्षाका क्रममा रिपो रेट ४ प्रतिशतमा स्थिर थियो । तर, आरबिआइले दुई र तीन ‘मे’ मा रिपो रेट ०.४० प्रतिशत बढाएको थियो । जुनमा बसेको बैठकले पुनः रिपो रेट ०.५० प्रतिशतले वृद्धि गर्दै ४.९० प्रतिशत पुर्याएको थियो ।

आरबिआईले पुनः अगस्टमा ०.५० प्रतिशत बढाउँदै ५.४० प्रतिशतमा पुर्याएको रिपो रेट सेप्टेम्बरमा ५.९० प्रतिशत पुगेको थियो । यसपटकको मौद्रिक नीतिको समिक्षाका लागि बसेको बैठकले पुनः रिपो रेट बढाए यो पाँचौं पटकको वृद्धि हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: