×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिजर्भ बैंक अफ इण्डियाले भारतमा बजारको कारोबार समय बढाउने, १२ डिसेम्बरदेखि कारोबार पुरानै लयमा फर्किंदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिजर्भ बैंक अफ इण्डियाले भारतमा बजारको कारोबार समय बढाउने, १२ डिसेम्बरदेखि कारोबार पुरानै लयमा फर्किंदै

२३ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)ले भारतमा बजारको कारोबार समय बढाउने भएको छ । आरबिआईले कोरोना महामारीमा कारण छोट्याएको बजारको कारोबार समय अब कोरोना संक्रमण घटेसँगै पुनः पुरानै लयमा सुरु गर्ने घोषणा गरेको हो ।

आरबिआईको सो निर्णय १२ डिसेम्बरदेखि लागू हुनेछ । योसँगै कल/नोटिस/टर्म मनी, कमर्सियल पेपर र सर्टिफिकेट्स अफ डिपोजिट्स, कर्पोरेट बण्डमा रिपो र रुपी इन्ट्रेस्ट रेट डेरिभेटिभहरुमा कारोबा समय डेढ घण्टा थप हुने आरबिआईले जानकारी दिएको छ । भारतमा यसअघि कोरोना महामारीका कारण ७ अप्रिल, २०२० मा कारोबार अवधि कटौति गरिएको थियो ।

अव भने डिसेम्बर १२ पछि कल/सूचना/टर्म मनी मार्केट बिहान ९ बजे देखि साँझ ५ बजेसम्म हुनेछ । त्यस्तै, गभरमेन्ट सेक्यूरिटीमा रिपो बजार ९ बजेदेखि दिउँसो २ः३० बजेसम्म, कमर्सियल पेपर र सर्टिफिकेट अफ डिपोजिट्स मार्केटमा ९ बजेदेखि ५ बजेसम्म कारोबार हुने आरबिआईले जनाएको छ ।

आरबिआईकै अनुसार कर्पोरेट बण्ड रिपोको समय पनि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ भने रुपी इन्ट्रेस्ट डेरिभेटिभ, सोमबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कारोबार हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: