काठमाडौं । सहकारीप्रति जनताको विश्वास घटिरहेका बेला सप्तरीको राजविराज नगरपालिका ७ स्थित कान्तिपुर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार भएका हुन् । अहिले संस्थाका अध्यक्ष बेचन यादवसहितका अन्य पदाधिकारी पनि फरार भएका छन् ।
दुःख गरेर जम्मा गरेको पैसा लिएर सहकारीका अध्यक्षसहितका पदाधिकारी भागेको बचतकर्ताले बताएका छन् । ‘ब्याज बढी पाइन्छ भनेपछि हामीले पनि दैनिक रुपमा पैसा जम्मा गराएका थियौँ’, संस्थाका एक बचतकर्ताले भने, ‘अहिले हाम्रो सारा पैसा लिएर अध्यक्ष नै फरार भएका छन् । संस्था पनि बन्द छ ।’ ती बचतकर्ताका अनुसार पछिल्लो एक वर्षदेखि संस्थाका सञ्चालक समितिका पदाधिकारी बचतकर्ताको सम्पर्कमा आएका छैनन् ।
करोडौं रकम लिएर सहकारी भागेपछि बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा धर्ना दिएका छन् । ‘कार्यालयमा कर्मचारी छैनन् । घरमा जाँदा परिवारले पनि थाहा छैन भन्छन् । अनि हामी कहाँ जाने ?’ एक पिडीतले भने, ‘अध्यक्षलाई खोज्ने प्रयास धेरै गर्यौं तर भटेनौं । विकल्प केही नदेखेपछि धर्ना दिएका हौँ ।’ धर्नामा बसेका पिडीतका अनुसार सहकारी भागेको भन्दै मंसिर २० गते नै प्रहरीमा उजुरी दिइएको भए पनि अहिलेसम्म पनि प्रहरीले उनीहरुलाई पक्राउ भने गरेको छैन ।
पुस २ गते बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई प्रहरीको जिम्मा लगाएका थिए । तर, दुवै पक्षको छलफलपछि उनलाई छोडिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् । ‘उहाँहरुले संस्थाका सचिवलाई उनकै घरबाट ल्याउनुभएको रहेछ । दुवै पक्षबीचको छलफलपछि तातेडलाई छोडेका हौँ’, उनले भने, ‘अध्यक्षसहित संस्थाका अन्य पदाधिकारी फरार नै देखिन्छन् । खोजीकार्य जारी छ ।’
यता संस्थाका सचिव सिद्धार्थ तातेडले ढिलोचाँडो बचतकर्ताले आफ्नो सबै पैसा फिर्ता पाउने दाबी गरेका छन् । ‘अध्यक्षको खोजी हामीले पनि गरिरहेका छौँ’, उनले भने, ‘ढिलोचाँडो सबैको पैसा फिर्ता हुन्छ, ढ्क्क हुनुस् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्