×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बसमा छुटेको ४ तोला सुनसहितको झोला फिर्ता, मनकारी चालकको चौतर्फी वाहवाही !

काठमाडौं । शनिबार दिउँसो बन्दना खतिवडा बल्खुदेखि गोंगबुसम्मको यात्रामा हिँडिन् । बसको यात्रामा हिँडेकी बन्दनाले आफ्नो साथमा बहुमूल्य सुनका गरगहनासहितको झोला बोकेकी थिइन् ।

जब उनी आफ्नो गन्तब्यमा पुगिन् बसभित्रको भिड र हतारोमा उनले आफ्नो झोला बसमै छोडिन् । ‘बसमा भिडभाड थियो, म पनि हतारमै थिँए’, उनले भनिन्, ‘हतार हतारमा उत्रिदा झोला गाडीमै छुट्यो ।’

उनी ओर्लीने बित्तिकै गाडी हिँड्यो । आफ्नो बहुमूल्य सामानहरु भएको झोला बसमै छुटेपछि बन्दनाले ट्राफिक कार्यालयमा सामान खोजिदिन भन्दै निवेदन दिइन् । प्रहरीले पनि सोही अनुसार प्रक्रिया अघि बढायो । बन्दनाको निदेवनपछि खोजतलास गर्दा उक्त बसका चालकले बन्दनाको सो झोला सुरक्षित राखिदिएको अवस्थामा भेट्टायो ।

सुनका गरगहना भेट्टिएसँगै चालकले सो झोला बन्दनालाई फिर्ता गरेका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बा ५ ख ९५८ नम्बरको बस चालकले चार तोला सुनका गरगहना र लत्ताकपडासहितको झोला सम्बन्धित धनीलाई बुझाएका छन् । उनी भन्छन् – ‘यात्रुको ज्यान र सम्पत्तिको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो ।’

सामानको झोला लिँदै बन्दनाले बस चालक र ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएकी छिन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: