काठमाडौं । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले शपथ लिए । हातमा निर्वाचित भएको प्रमाणपत्र लिएर शपथ खानकै लागि संसद भवनमा पुगेकाहरुमा छुट्टै उत्साह देखिन्थ्यो । तिनै उत्साहका अनुहारमा केही नयाँ थिए भने केही पुरानै अनुहार दोहोरिएको देखिन्थे ।
शपथ खानका लागि आफ्नै पहिरन र पोशाकमा सजिएका सांसदहरुको दृष्य सायदै यो पहिलो थियो । अझ भनौ बिहीबार संसद भवनमा देखिएको दृष्यले सांस्कृतिक विविधताले भरिपूर्ण नेपालको प्रतिनिधित्व गरेको थियो । यसो त नवनिर्वाचित सांसदहरु आफ्नो पहिरनमा मात्रै सजिएका थिएनन्, बरु उनीहरुको अनुहारमा देश परिवर्तनको अनौठो हुटहुटी झल्किएको थियो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु ।’ भन्दै संवेगात्मक शपथको व्यहोरामा हस्ताक्ष गरे भने अधिकांश नवनिर्वाचित सांसदले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धतासहित शपथ ग्रहण गरे । योसँगै धेरैको प्रश्न छ, ‘के संसद भवनमा देखिएको परिवर्तनको यो हुटहुटीले देशको मुहार फेर्ला त ?’
बिहीबार संसद भवनमा देखिएको सांसदहरुको नयाँ अनुहार फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्