×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकको ब्याजदर घटाउन र सबै सिईओको तलब समान बनाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता, कस्तो आउला आदेश ?

काठमाडौं । बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल र सञ्जय न्यौपानेले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा चर्को ब्याजदर नियन्त्रण गर्नुपर्ने मागदाबीसहित बैंक तथा वित्तीय संस्थाका सिईओको सुविधामा समेत एकरुपता ल्याउनुपर्ने माग गरिएको छ । सवोच्चमा परेको सो रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ ।

निवेदनमा नियामक नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई बैंकको चर्को ब्याजदरलाई एकल अंकमा झार्नका लागि बजार र नेपाली अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन योजनासहित नीतिगत तथा कार्यगत पहलकदमी गर्नू/गराउनू भनी परमादेश माग गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: