काठमाडौं । कानुन मिच्ने नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई धितोपत्र बोर्डले कार्वाही गर्ने भएको छ । कानुनु विपरित सेयर कारोबार गरेको ठहर गर्दै धितोपत्र बोर्डले दुवैजनालाई कार्वाही गर्ने निर्णय गरेको हो ।
मंसिर २५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले दुवैलाई दोषी ठहर गर्दै कार्वाहीका लागि सिफारिस गरेको स्रोतले बताएको छ । ‘दुवैजनाले गरेको सेयर कारोबारका सन्दर्भमा गरिएको अध्ययनले दुवैले कानुन मिचेको पुष्ठी भएको छ’, स्रोतले भन्यो, ‘दुवैजनाले सञ्चालक समितिमा रहँदा रहँदै अवैध रुपमा सेयर कारोबार गरेको पाइएको हो ।’
स्रोतका अनुसार नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष प्रधानले पद छोड्नासाथ कानुन विपरित आफ्नो श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर बिक्री गरेका थिए । त्यस्तै, रिडी पावरका अध्यक्ष न्यौपानेले भने २०७७ चैत्र १९ गतेदेखि २०७९ मंसिर २६ गतेसम्म कम्पनीको सेयर किनबेच गरेका थिए । ‘न्यौपानेको सेयर कारोबार पनि कानुन विपरित देखिएकोले उनलाई पनि कार्वाहीका लागि सिफारिस गरिएको छ ।’ –स्रोतले भन्यो ।
अध्ययनका आधारमा दोषी ठहर गर्दै विभागीय सिफारिस अनुसार नै सञ्चालक समितिले निर्णय गरेकोले कार्वाही प्रक्रिया पनि अघि बढेको स्रोतले बताएको छ ।
योसँगै नेपाली सेयर बजारको विस्तारका लागि एकपछि अर्को क्रान्तिकारी निर्णय गर्दै आएका बोर्डका अध्यक्ष रमेश कुमार हमालको यो निर्णयले नेपाली सेयर बजारमा अर्को एउटा ईंटा थप्ने जानकारहरु बताउँछन् । धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ७ बमोजिम बोर्डको निर्देशन विपरित कार्य गरेमा २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद जरिवाना र १० वर्षसम्म सञ्चालक समितिमा बस्न नपाउने नियम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्