काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार कुल २४१ कम्पनीको ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ४५ लाख ५६ हजार ७ सय ९२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा स्वेत-गंगा हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन, बुद्धभुमि नेपाल हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तिय संस्था र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ४५ लाख ५६ हजार ७ सय ९२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड प्रमोटर सेयर, हिमला दोलखा हाइड्रोपावर, हिमालयन डिष्ट्रिलरी लिमिटेड इन्भेस्टमेन्ट र नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ३ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्ड-१ को सेयरमा यस्तो गिरावट आउँदा घलेम्दी हाइड्रो, रुरु जल विद्युत परियोजना, सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय र शिव श्री हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्