काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २४० कम्पनीको ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ३ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा एनआइसी एशिया सेलेक्ट फण्ड ३०, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, नारायणी डेभलपमेन्ट बैंक, १०.२५% केबिएल डेबेन्चर २०८६ र १०% नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८६ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक लिमिटेड, हिमालयन डिष्ट्रिलरी लिमिटेड, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशनको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा अजोड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । अजोडमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-१, ओरियन्टल होटल लिमिटेड, युनाइटेड इन्स्योरेन्स, लिबर्टी इनर्जी कम्पनी र माउनटेन हाइड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्