×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार घट्यो सेयर बजार, १ अर्ब १९ करोडमाथिको कारोबार हुँदा नेप्से १८८२.६० बिन्दुमा

PRIME CA

बिहिबार घट्यो सेयर बजार, १ अर्ब १९ करोडमाथिको कारोबार हुँदा नेप्से १८८२.६० बिन्दुमा

अर्थ सरोकार

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.४८ अंकले घटेर १८८२.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५४ कम्पनीको ४८ लाख ४ हजार २ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २२ करोड ८९ लाख ४२ हजार ३ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा इस्टर्न हाइड्रोपावर, माउनटेन एनेर्जी नेपाल, धौलागिरी लघुवित्त वित्तिय संस्था, संगति हाइड्रो एनेर्जी र खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २२ करोड ८९ लाख ४२ हजार ३ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, सीवाईसी नेपाल लघुवित्त, नेपाल दूरसंचार कम्पनी, नबिल बैंक लिमिटेड र हिमालयन डिष्ट्रिलरी लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । पिपुल्सको सेयरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेन्स फण्ड-२, लक्ष्मी इक्वटि फण्ड, शिवम् सिमेन्ट, मैलुंग खोला जल बिद्युत परियोजना र एनएमबि ५० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: