×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार घट्यो सेयर बजार, १ अर्ब १५ करोडमाथिको कारोबार हुँदा नेप्से १८५५.०६ बिन्दुमा

PRIME CA

आइतबार घट्यो सेयर बजार, १ अर्ब १५ करोडमाथिको कारोबार हुँदा नेप्से १८५५.०६ बिन्दुमा

३ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५० कम्पनीको ३७ लाख ७८ हजार ९ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अग्रिकल्चर डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ६ करोड २५ लाख ११ हजार ४ सय ३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, धौलागिरी लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अग्रिकल्चर डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ६ करोड २५ लाख ११ हजार ४ सय ३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, नबिल बैंक लिमिटेड, नेपाल दूरसंचार कम्पनी, हिमालयन डिष्ट्रिलरी लिमिटेड र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । रुरुको सेयरमा यस्तो गिरावट आउँदा पिपुल्स हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स, सिटिजन्स म्युचुअल फण्ड-२ र आरबिबि म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: