×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.८३ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार ३.८३ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

४ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५१ कम्पनीको २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ४३ हजार १ सय ३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा धौलगिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा खप्तड लघुवित्त वित्तिय संस्था, सीवाईसी नेपाल लघुवित्त, नबिल ब्यालेन्स फण्ड-२, रिलायन्स फाइनान्स र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ४३ हजार १ सय ३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा फरवार्ड माइक्रोफाइनान्स, हिमालयन डिष्ट्रिलरी लिमिटेड, नेपाल दूरसंचार कम्पनी, पिपुल्स हाइड्रोपावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । इस्टर्नको सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, फरवार्ड माइक्रोफाइनान्स, पिपुल्स हाइड्रोपावर, बुद्धभुमि नेपाल हाइड्रोपावर र एनआइबिएल सम्वृद्धि फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी