काठमाडौं । नयाँ सरकार गठनसंगै एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित भएसंगै नेप्सेमा उछाल आएको छ । सोमबार सत्ता साझेदार दलहरुबीच भएको छलफलबाट एमाले एमाले उपाध्यक्ष पौडेल अर्थमन्त्री बन्ने निश्चितप्राय भएसँगै सेयर बजारले ‘ग्रिन सिग्नल’ देखाएको हो ।
सोमबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ८८ लाख ०७ हजार २ सय ४४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा गोर्खाज फाइनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा धौलागिरी लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, सृजनशील लघुवित्त वित्तिय संस्था, रिलायन्स फाइनान्स र हिमालयन पावर पार्टनका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ८८ लाख ०७ हजार २ सय ४४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी लिमिटेड, नबिल बैंक, रिडी पावर, एनआइसी एशिया बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नेपाल दूरसंचार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । नेपाल दूरसंचारको सेयरमा यस्तो गिरावट आउँदा सीवाईसी नेपाल लघुवित्त, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, १०.२५% केबिएल डेबेञ्चर २०८६, १०.२५% ग्लोबल आइएमइ बैंक र सनराईज ब्लुचिप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्