×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ११.८१ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब १५ करोडमाथिको सेयर कारोबार

GLOBAL IME BANK

बुधबार ११.८१ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब १५ करोडमाथिको सेयर कारोबार

१३ पुष २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्से परिसूचक घटेको छ । मंगलबार ५९.८७ अंकले बढेको नेप्से परिसूचक बुधबार भने ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २५७ कम्पनीको ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ८५ लाख ९१ हजार २ सय ७४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था र विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ८५ लाख ९१ हजार २ सय ७४ रुपैयाँ १० पैसा  बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अपर तामाकोशी, हिमालयन डिष्ट्रिलरी लिमिटेड, प्राइम कमर्सियल बैंक, एनआइसी एशिया बैंक र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा महुली लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । महुलीको सेयरमा यस्तो गिरावट आउँदा अजोड इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तिय संस्था, नदिप लघुवित्त वित्तिय संस्था, ओरियन्टल होटल र ग्रिनलाइफ हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: