×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

झिनो अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ५६ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ८० लाख ६७ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा ओरियन्टल होटल, खप्तड लघुवित्त वित्तिय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ८० लाख ६७ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रिलरी लिमिटेड, शिवम् सिमेन्ट र हिमालयन दोलखा हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । नेस्डो सम्बृद्धको सेयरमा यस्तो गिरावट आउँदा नबिल बैंक लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी, एनआइसी एशिया सेलेक्ट फण्ड ३० र कर्णाली डेभलपमेन्ट फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: