×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सेयर बजार, ९६ करोडमाथिको कारोबार हुँदा नेप्से १९३३.८८ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार घट्यो सेयर बजार, ९६ करोडमाथिको कारोबार हुँदा नेप्से १९३३.८८ बिन्दुमा

Artha Sarokar

२० मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३८ कम्पनीको २५ लाख ८१ हजार ४ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड १२ लाख ३४ हजार ७ सय ९९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सिटिजन्स म्युचुअल फण्ड-१, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, हिमालयन बैंक लिमिटेड, खप्तड लघुवित्त वित्तिय संस्था र स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड १२ लाख ३४ हजार ७ सय ९९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी लिमिटेड, रिडी पावर कम्पनी, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक र आरएमडिसी लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा एनएमबि बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबिको यस्तो गिरावट आउँदा एनएमबि ५०, १२% आइसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८३, एनएमबि हाइब्रिड फण्ड एल-१, एनआइसी एशिया सेलेक्ट फण्ड ३० र रिभर फल्स पावर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी